५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बिजयनगरको गौरीघाटमा मेलाको उद्घाटन



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर १ गौरीघाटमा तेस्रो गौरीघाट खेलकुद तथा सांस्कृतिक मेलाको बुधबार उद्घाटन गरिएको छ । बिगत तीन बर्ष देखि माघी पर्वको अबसरमा आदिवासी तथा जनजाती महासंघको आयोजनामा हुँदै आएको मेलामा पहिलो चरण अन्र्तगत खेलकुद प्रतियोगिता सुरु भएको को छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छबि रेस्मीको प्रमुख आथित्यतामा भएको खेलकुद उद्घाटनमा बुधबार दुई खेल सम्पन्न भएका छन । प्रतियोगीतामा फुटबल तथा भलिबल खेल सञ्चालन हुने छन ।
फुटबलमा १० तथा भलिबलमा १४ टिम दर्ता भएको खेलकुद सयोंजक तुल बहादुर सारुले जानकारी दिनुभयो । बिभिन्न समयमा गरी २९ गते सम्म खेलकुद सम्पन हुने र सांस्कृतिक कार्यक्रम सुरु हुने आदिबासी तथा जनजाती महासंघ बिजयनगरका अध्यक्ष रेसम सोमै मगरले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रम तर्फ दिपक भण्डारी चित्र अबिरल, लगायत बिभिन्न राष्ट्रिय कलाकारहरुको सहभागीता हुने सञ्चालक लोकेस थापाले जानकारी दिनुभयो । फुटबल तथा भलिबलमा प्रथम हुनेले २० हजार नगद शिल्ड मेडल प्राप्त गर्ने छन ।
कार्यक्रममा बोल्दै बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले कपिलबस्तु जिल्ला खेलकुदमा अगाडी रहेकोले पनि गाँउपालिकाबाट खेलकुदमा सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा खर्क बहादुर खनगाहा अग्नि सापकोटा लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहेको शम्भु बिकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ३ : २४ बजे