५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पाँचौ बराहादह मेलाको उद्घाटन रायमाझीले गर्ने



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।

जिल्लामा एक मात्र लोपोन्मुख गोही पाइने तथा गौरवमय धार्मिक इतिहास बोकेको अर्घाखाँचीको बराहदह मेलाको उद्घाटन पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभाका सांसद टोपबहादुर रायमाझीले गर्नु हुने भएको छ ।

सयौँ बर्ष पहिले देखि एक गौरवमय धार्मिक इतिहास बाकेको बराहादह प्राकृतिक सम्पदाको प्रमुख स्थल पनि रहेको छ । धार्मिक तथा पर्यटकीय स्थल बराहदहको प्रचार-प्रसारका लागि विगतका केही वर्षहरु देखि मेला आयोजना गर्दै आइरहेको शितगंगा – ९ का वडा अध्यक्ष भिम केसीले बताए ।

धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तमा बास बस्न भक्तजनहरु आउने गर्छन् । माघे सक्रान्तिका दिन बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । उक्त दहमा स्नान गर्दा पाप नष्ट हुने विश्वास गरिने धार्मिक मान्यता रहीआएको छ ।

यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकिय रुपमा व्यापक प्रचार प्रसार तथा प्रवर्द्धन गर्न भन्दै विविध कार्यक्रमको साथ यस क्षेत्रमा मेला आयोजना गर्न लागिएको बराहदह संरक्षण समितिका अध्यक्ष पदम केसीले वताउनुभयो । अर्घाखाँची जिल्लामा गोही पाइने एक मात्र क्षेत्र भएपनि यो क्षेत्र व्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । यसको प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत सबै लाग्नु पर्नेमा पत्रकार गणेश बेल्बासेले बताए ।

अर्घाखाँचीको दक्षिण- पश्चिम भागमा रहेको वराहदह शितगंगा नगरपालिका वडा नं. -९ मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित छ । यस दहमा आई बराहा भगवानसगँ बर मागेमा सोंचेको पुग्ने स्थानीय बासीन्दाहरुले बताउँछन् ।

यस गोही पाईने धार्मिक बराहदहको व्यापक प्रचारप्रसार तथा प्रर्वद्धनमा केन्द्रिय निकाय सम्म पुगोस् भन्दै यस वर्षको पाचौँ माघि एवम् साँस्कृतिक मेलाको समुद्घाटन पूर्व उपप्रधान मन्त्रि तथा प्रतिनिधी सभाका सांसद टोप बहादुर रायमाझीले गर्नु हुने शितगंगा -९ का वडा अध्यक्ष भिम बहादुर केसीले बताए ।

साथै उक्त कार्यक्रममा प्रदेश सभाका सांसद रामजी प्रसाद घिमिरे र रामजी प्रसाद घिमिरेको समेत उपस्थिती रहने बताइएको छ ।

 

 

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ३ : १४ बजे