५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तौलिहवामा आधारभूत पत्रकारिता तालिम



मायादेवी अनलाइन, कपिलबस्तु ।

कपिलबस्तुको सदरमुकाम तौलिहवामा ३ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । कपिलबस्तु नगरपालिका, वडा नम्बर १ को सहयोग एबं शिवा फिल्मस् एण्ड मिडिया कम्युनिकेशन तौलिहवाको आयोजना र रेडियो परिवर्तनको सहजीकरणमा बुधबारदेखि सुरु भएको उक्त पत्रकारिता तालिममा वडा भित्रका २० जना युवाहरुको सहभागितामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कपिलबस्तु नगरपालिकाका सामाजिक बिकास संयोजक प्रकाश गैरेले गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका संयोजक गैरेले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो । कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । नगरपालिकाका गतिबिधीहरुको सकारात्मक आलोचना आवश्यक रहने सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले जोड दिनुभएको छ ।

तालिममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखा अध्यक्ष डिलाराम भुसालले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । कार्यक्रममा समाजसेवी तथा नेपाल बाल संगठनका जिल्ला अध्यक्ष राजु प्रसाद अर्याल, राजु श्रेष्ठ, नेपाल पत्रकार महासंघ कपिलबस्तुका पुर्वअध्यक्ष मनोज पौडेल, मधेस मिडिया सोसाइटीका केन्द्रिय अध्यक्ष मनोज श्रीवास्तव, मधेसी पत्रकार समाजका केन्द्रिय उपाध्यक्ष बनारसी बर्मा, मनिष कार्की, रमेश मिश्र, किरणमान बज्राचार्य, शम्भु माली, पार्वती आर्चाय लगायतको सहभागिता रहेको थियो ।

कार्यवहाक वडाध्यक्ष गुलाम मोहम्मद दर्जीको अध्यक्षता, वडा सचिव सुभास गौतमको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन रेडियो परिवर्तनका समाचार प्रमुख सागर भण्डारीले गर्नुभएको थियो । पौष २७ गतेसम्म सञ्चालन हुने उक्त तालिममा पत्रकारिता क्षेत्रका स्थानीय आधा दर्जन बढी अग्रज पत्रकारहरुले तालिमको सहजीकरणमा सहयोग गर्ने तालिमका संयोजक भुपाल थापाले जानकारी दिनुभयो ।

सो तालिममा दलित, आदिवासी, जनजाति र महिलाहरुको बढी सहभागिता रहेको छ । तालिमका प्रशिक्षकमा मनोज पौडेल, किरणमान बज्राचार्य, खगप्रसाद चापागाई लगायत छन् ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ३ : ०५ बजे