५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा शिबराजको प्रथम बैठक बस्यो, के के भए निर्णय ?



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबराजनगर कमिटीको प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टी एकिकरण भए पछि लामो समय सम्म नभएको संगठन बिस्तारले कार्यकर्तामा समेत नैरस्यता रहेको बेला नगर कमिटीले पुर्णता पाएको हो ।
यस्तै शिबराज नगरपालिकामा रहेका ११ वडाहरुमा समेत अध्यक्ष र सचिवको घोषणा गरिएको छ । वडा नम्बर १ मा अध्यक्ष बिक्रम केसी, सचिव रोसन (यमसी), वडा नम्बर २ मा अध्यक्ष रामकृष्ण रेग्मी, सचिव शिशिर लामिछाने, वडा नम्बर ३ मा अध्यक्ष यमलाल भुसाल, सचिव बिष्णु केसी, वडा ४ अध्यक्ष युवराज अधिकारी, सचिव इश्वरी पौडेल, वडा ५ सरद अधिकारी, अध्यक्ष सचिव होतराज पोख्रेल रहनुभएको छ ।
यस्तै वडा ६ मा राजेन्द्र चौधरी अध्यक्ष, सचिव तारा चौधरी वडा ७ मा अध्यक्ष रोजन मुसलवान, सचिव मुर्तजा मुसलवान, वडा ८ मा अध्यक्ष नगेन्द्र पासवान अध्यक्ष, सचिव शिबनारायण कुर्मी, वडा ९ मा प्रेम रोका अध्यक्ष, अशोक मल्ल सचिव, वडा १० मा कपिलदेव कुर्मी अध्यक्ष, मक्सुद मुसलवान सचिव, तथा वडा ११ मा इन्द्र सेन अध्यक्ष तथा खेम प्रसाद बेल्बासे सचिवको जिम्मेबारी प्रदान गरिएको नगर कमिटी सचिव जगत पौडेलले जानकारी दिनुभयो
नगर कमिटीको प्रथम बैठक पार्टी नगर कमिटी अध्यक्ष द्रोण बहादुर पुन (दिनेश)को अध्यक्षतामा, पार्टी ५ नं. प्रदेश कमिटीका सचिव .जग प्रसाद शर्मा (अपार) को प्रमुख आतिथ्यतामा एवं पार्टी नेता .मेघराज ज्ञवाली, प्रस्तावित जिल्ला अध्यक्ष .झबिलाल पोख्रेल, प्रदेश कमिटीका सदस्य .बालकराम बुढा, प्रदेश कमिटीका सदस्य क्षेत्र बहादुर क्षेत्री, प्रदेश कमिटीका सदस्य अहमद अब्दुल रउफ, पार्टी जिल्ला कार्यदलका सदस्य डम्मर शर्मा, पार्टी बाणगंगा नगर कमिटीका अध्यक्ष विश्व कार्कीको आतिथ्यता तथा कमिटीका सचिव जगत पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै बुधबार एक कार्यक्रमको बीच नेकपा शिबराजको पार्टी कार्यालय शिबराज ५ चन्द्रौटामा उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटनमा बोल्दै शिबराज नगर कमिटी अध्यक्ष दिनेश पुनले पार्टी कार्यालय उद्घाटन संगै पार्टीका गतिबिधीलाइ बढाउने बताउनुभयो । साथै सम्पुर्णलाई सहयोग गर्न समेत उहाले अनुरोध गर्नु भयो ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ३ : ०३ बजे