५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हजुरआमाको हत्या गर्ने महिलालाई जन्मकैद



भोजपुर ।
हजुरआमाको हत्या गरेको अभियोगमा भोजपुरमा बुधबार एक महिलालाई जन्मकैदको फैसला सुनाइएको छ ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्ककी २६ वर्षीया रिमा भनिने रेम कुमारी राईलाई हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले जन्मकैद सजाय सुनाएको हो ।

रिमाले गत ०६९ साल असोज ६ गते हजुरआमा ईश्वरमायाको गहना चोरी गरी कुटपिट गर्ने क्रममा ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेकी थिइन् ।
पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई असोज ७ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त रिमालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा ९३० बमोजिम जन्मकैद फैसला सुनाएको हो ।

प्रकाशित मिति : २५ पुस २०७५ बुधबार ००:००  १० : २८ बजे