५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विद्युत चुहावट नियन्त्रण अभियान, आधा वर्षमा करोड बढी राजश्व संकलन



सीताराम चौधरी, कपिलवस्तु ।

नेपाल विद्युत प्राविधिकरण वितरण केन्द्र कृष्णनगरले विद्युत्त चुहावट नियन्त्रण अभियान ६ महिनामा एक करोड ३६ लाख ३ हजार ६६२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

वितरण केन्द्रले २०७५ साउन १ गतेदेखि पुस २२ गतेसम्म विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत सो रकम असुली गरेको हो । विद्युत चुहावट नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै जाने केन्द्र प्रमुख लक्ष्मी केशर अगन्जाले जानकारी दिनुभयो ।

अभियानका क्रममा ५२ जनालाई विद्युत चोरी कारवाहीमा ७ लाख ९० हजार ९ सय १९ रुपैयाँ संकलन भएको केन्द्र प्रमुख अगन्जाले बताउनुभयो । कालोसूचीमा परेकामध्ये १७ जनाबाट ७ लाख ५१ हजार ६सय २२ रुपैयाँ असुली भएको छ । हालसम्म ५सय २८ जनाको विद्युत लाइन काटिएको वितरण केन्द्र प्रमुख अगञ्जा जनाउनुभयो । लाइन काटिएका ग्राहकमध्ये ४सय २१ जनाबाट १ करोड १९ लाख २४ हजार ८सय ८१ रुपैयाँ असुली भएपछि पुनः लाइन जडान गरिएको उहाँले बताउनुभयो । लाइन पुनः जडान गर्दा जडान चार्जवापत जनही ५सय ६५ का दरले २ लाख ३६ हजार २सय ४० रुपैयाँ संकलन भएको केन्द्र प्रमुख अगन्जाले जानकारी दिनुभयो ।

कृष्णनगर वितरण केन्द्र अन्तर्गत २ सय ६५ ग्राहक कालोसूचीमा परेका छन् । लाइन काटिएको ६ महिनासम्म पनि बक्यौता रकम भुक्तानी नगर्ने ग्राहक कालोसूचीमा परेको वितरण केन्द्र प्रमुख अगन्जाले बताउनुभयो । कालोसूचीमा पर्ने ग्राहकबाट कूल ८२ लाख ३८ हजार रकम असुली गर्न बाँकी रहेको उहाँले जनाउनुभयो । “अभियानका क्रममा कालोसूचीमा परेकामध्ये यसवर्ष १७ जनाबाट ६ लाख ५१ हजार ६सय २२ रुपैयाँ असुली गर्न सफल भयौं”– अगन्जाले भन्नुभयो । कालोसूचीमा परेको शिव खादसारी चिनी मिल लोहरौलाको ४ लाख ४ हजार २सय ७४ रुपैयाँ बक्यौता रहेको अगन्जाको भनाई छ । ताकेता गर्दा समेत संचालक नभेटिएको कार्यालय प्रमुख अगन्जाले बताउनुभयो । यस्तै जय माँ भेनियर उद्योग कृष्णनगरको ३ लाख १३ हरा २सय ३६ रुपैयाँ बक्यौता रहेको उहाँले जनाउनुभयो ।

विशेष गरी सरकारी कार्यालयहरुकै विद्युत महशुल रकम व्यक्यौता रहेको केन्द्रले जनाएको छ । कतिपय सरकारी कार्यालयले महशुल नवुझाउँदा विद्युत काट्ने गरेको अगन्जाले बताउनुभयो । पछिल्लो समयमा भने स्थानीय तह र सरकारी कार्यालयले विद्युत महशुल वुझाउन थालेको उहाँले जानकारी दिनुभयो ।

वितरण केन्द्रले गत आर्थिक वर्ष २०७४।०७५ मा ४९करोड ७२ लाख ८० हजार विद्युत महशुल रकम संकलन गरेको थियो । ग्राहस्थ, व्यापारिक, गैरव्यापारिक, औद्योगिक, सडक सडकबत्ती, सिँचाई, खानेपानी लगायतबाट सो रकम संकलन भएको वितरण केन्द्रका प्रमुख अगञ्जाले बताउनुभयो । ५ करोड २६ लाख ९३ हजार युनिट विद्युत वितरणबाट सो रकम संकलन भएको प्रमुख अगञ्जाले जनाउनुभयो । यस आर्थिक वर्षमा करीब ७० करोड विद्युत महशुल संकलन गर्ने लक्ष्य रहेको अगन्जाको भनाई छ । औद्योगिक क्षेत्र र ग्राहकहरुको सख्या वढ्दो क्रममा रहेकाले लक्ष्य पूरा हुने कार्यालय प्रमुख अगन्जाले दाबी गर्नुभयो ।

प्रकाशित मिति : २५ पुस २०७५ बुधबार ००:००  ९ : ४३ बजे