५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लाहुरेभन्दा कम छैनन् ‘भिटेन’, हेर्न आउने होइन त पौष २७ गते वनगाईमा ?



बाणगंगा ।
पछिल्लो केही समय कपिलवस्तुमा युवायुवती केन्द्रित बिभिन्न सांगितिक तथा सौन्दर्यात्मक कार्यक्रम भइरहेका छन् । पछिल्लो ५ महिनाको कुरा गर्ने हो भने यहाँ चार पाँचवटा सौन्दर्य प्रतियोगिता भइसकेका छन् भने सांगितिक लाइभ इभेन्ट पनि भइरहेका छन् । यसैबीचमा फेरि आगामी पौष २७ गते जिल्लाको बाणगंगाा ७ बनगाईमा र्याप प्यार्टनको सांगितिक कार्यक्रम हुँदै छ । ए एण्ड ए इभेन्टको आयोजना तथा शान्ति सिर्जना युवा नेपाल कपिलवस्तुको सह आयोजनामा हुन लागेको सांगितिक माहोलमा एसियन य्यापर ‘भिटेन’ पहिलोपटक आउँदैछन् ।

उनको साथमा माना श्रेष्ठ र डिजे नेहाको पनि बेजोड प्रस्तुति रहने आयोजकका तर्फबाट अनमोल सिंहले इभेन्टको अफिसियल मिडिया पार्टनर मायादेवी अनलाईन र रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जलाई जानकारी दिनुभयो । आर जे सुमन श्रेष्ठले संचालन गर्ने कार्यक्रममा स्थानीय कलाकारले पनि आफ्नो बेजोड प्रस्तुति दिने सिँहले बताउनु भयो ।

कार्यक्रममा ५ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । सनराइज पेट्रोलपम्प सङ्गैको प्राङ्गणमा पौष २७ गते शुक्रबार साँझ ४ बजेपछि सुरु हुने छ । भिटेनको प्रस्तुति पनि चर्चित पोख्रेली र्यापर लाहुरेको जस्तै दबदार भएकाले नछुटाउन जिल्लबासीलाई आयोजकले अनुरोध गरेको छ । उनले चर्चित र्याप गीतहरु गाएर लाखौँ युवायुवतीको मन जितिसकेका छन् । साथमा माना श्रेष्ठ र डिजे नेहाले पनि आम दर्शकलाई झुमाउनेमा आयोजक विश्वस्त छ ।

प्रकाशित मिति : २५ पुस २०७५ बुधबार ००:००  ३ : ४५ बजे