५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तराईका क्षेत्रमा दिउँसो घाम लाग्ने, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना



काठमाडौँ ।
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य पूर्वका क्षेत्रमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव पूर्व्तिर सर्दै तर घट्दै जाने मौसमविद सुजन सुवेदीले बताएका छन् । दिउँसो पूर्वका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ । यस्तै मध्य क्षेत्रका केही पहाडी भूभागमा पनि बदली हुने उनले बताए ।
पूर्वको पहाडी क्षेत्रका केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद सुवेदीले बताएका छन् । दिउँसोपछि मौसम सफा हुने उनले बताएका छन् ।
तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो घाम लाग्ने छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकामा मंगलबार रातिदेखि लागेको बादल दिउँसो पछि खुल्ने सम्भावना छ । बिहान न्यूनतम तापक्रम ४.५ डिग्री रहेको काठमाडौँमा दिउँसो बढेर १९ देखि २१ डिग्री पुग्ने अनुमान छ ।

प्रकाशित मिति : २५ पुस २०७५ बुधबार ००:००  ३ : ३२ बजे