५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दाङमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु



दाङ ।

दाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर स्थित सवारीकोटबाट लक्ष्मीपुरका लागि दाउरा लिएर छुटेको रा १ त १२४५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रयाक्टर चालक प्युठान नौबहिनी गाउँपालिका स्याउलिवाङ निवासी २२ वर्षे रामु बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७५ बुधबार ००:००  ३ : २९ बजे