५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

साना किसान भलवाडको अध्यक्षमा बेल्वासे निर्वाचित



मायादेवी अनलाइन, भलवाड ।
प्रदेश सांसद विष्णु पन्थीले वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेशमै उद्यमशिलताको बिकास गरी स्वरोजगार प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडको १९ औं साधारण सभा तथा ७ औं अधिवेशनमा बोल्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो ।
राज्यको फोकस साना किसानमा भएको र संघिय सरकारबाट कपिलवस्तुलाई कृषि क्षेत्रमा धान जोन र माछा जोनमा परेको भन्दै आफूले सरकारको तर्फदेखि कृषकलाई अनुदान र प्राविधिक सहयोगमा जोड दिने बताउनुभयो ।
कार्यक्रममा साना किसान बिकास वैंक बुटवलका प्रमुख कृष्ण कुमारी शर्माले संस्थाबाट लिएको ऋण सदुपयोग गरी जिविकोपार्जन हुने आयआर्जनमा लगाई कृषकको आर्थिक उन्नतीमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाबाट ऋण लिई व्यवसायिक रुपमा पशुपालन गर्ने १५ जना उद्यमी कृषक र शेयर सदस्य परिवारका २१ जना अपाङ्गहरुलाई नगद पुरस्कारबाट सम्मानित गरीएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष कुमार मधु वेल्वासेले संस्थाको वार्षिक प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो भने लेखा संयोजक बाबुराम रायमाझीले आर्थिक वर्ष २०७४÷०७५को कुल १० करोड २३ लाख बराबरको आय÷व्यय सार्वजनकीकरण गर्नु भएको थियो ।
सोही अवसरमा नेपाल कृषि सहकारी तदर्थ संघ लिमिटेड प्रदेश नं. ५ का संयोजक नर बहादुर घर्ती मगर, भलवाड स्वास्थ्य प्रमुख जित बिकास रायमाझी, कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, शुद्धोदन माबीका प्रअ टेकलाल अधिकारी, शेयर सदस्यबाट खुम बहादुर क्षेत्री, शान्ता पोख्रेल लगायतले साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।
साना किसान कृषी सहकारी संस्था लिमिटेड भलवाडका अध्यक्ष वेल्वासेको अध्यक्षतामा भएको उद्घाटनसस्त्रमा सहकारीका उपाध्यक्ष दुर्गा खनालको स्वागत र प्रवन्धक मान कुमारी गिरीको सञ्चालन रहेको थियो ।
सहकारीको अध्यक्षमा पुन बेल्वासे
७ औ अधिवेशनबाट कुमार मधु वेल्वासे पुनअध्यक्षमा निर्वाचित हुनुभएको छ । बेल्वासेको अध्यक्षतामा आगामी ४ वर्षका लागि ११ सदस्ययि नयाँ कार्यसमितिको चयन गरिएको हो । जसको उपाध्यक्षमा दिपक वस्नेत, सदस्यहरुमा क्रमश पूर्ण बहादुर आचार्य, चुरामणि आचार्य, दुर्गा प्रसाद खनाल, चन्द्रावती थारु, बिन्द्र बहादुर गुरुङ्ग, मीना गिरी, पुष्पा कार्की, टेक कुमारी थापा क्षेत्री र प्रचण्ड कार्की रहनु भएको छ ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ५ : ०८ बजे