५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बाणगंगामा मोबाइल व्यवसायीको संगठन निर्माण



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोबाइल सेवा प्रदान गरिरहेका व्यवसायी संगठित हुन थालेका छन् । संगठित नहुँदा व्यापार व्यवसाय गर्न पनि अलिकति असजिलो र विकृति भएको भन्दै यसलाई सही दिशामा लगेर उपभोक्तालाई उत्कृष्ट सेवा दिनको लागि भन्दै आज केशव खनालको अध्यक्षतामा बाणगंगा मोबाइल व्यावसायी समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा विकास न्यौपाने, सचिवमा कृष्ण पोख्रेल र कोषाध्यक्षमा टिकाराम पौडेल रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ । यस्तैै समितिको सल्लाहाकार सदस्य पनि चयन भएका छन् ।
जसको वरिष्ठ सल्लाहकारमा हिमलाल न्यौपाने र सल्लाहकारमा मधु गैर, केशवराज चौधरी र दुर्गेश केवट रहनु भएको छ । मोबाइल सेवामा एक रुपता ल्याउनको लागि आजै एरिया इन्चार्ज पनि तोकिएको छ । जसअन्तर्गत माधव बञ्जाडे मोतिपुर, सन्तोष खनाल बोडगाउँ, कृष्ण पौडेल ४ नम्बर, नेत्र घिमिरे वैरिया–पिपरा, दिपेन्द्र चौधरी गजेहडा, अनुप चौध ओदारी, रेसम चौधरी कोपवा र बद्री थारु प्रगतिनगर रहनु भएको छ ।
एरिया इन्चार्जले आ आफ्नो क्षेत्रमा मोबाइल सम्बन्धि सेवामा भएका अनिमियतता अवलोकन गर्ने र समितिलाई त्यसको रिपोर्टिङ गर्ने उपाध्यक्ष विकास न्यौपानेले जानकारी दिनुभयो । यो समितिले अब चाँडै काम थालेर नगरमा गुणस्तरीय मोबाइल सेवा दिने उपाध्यक्ष न्यौपानेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ४ : ४८ बजे