५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तत्कालिन एमाले वडा कमिटी सदस्य घिमिरेको निधन



मायादेवी अनलाइन, कपिलवस्तु । 

तत्कालिन नेकपा एमाले वडा नम्बर २ का वडा कमिटी सदस्य टिकाराम घिमिरेको निधन भएको छ ।  ६५ वर्षिय घिमिरेको सोमबार राती आफ्नै निवासमा निधन भएको हो । स्वर्गिय घिमिरेको मंगलबार लक्ष्मणघाटमा दाहसंस्कार गरिएको छ ।

स्वर्गिय घिमिरेको पार्थिव शरीरमा नेकपा प्रदेश ५ का सदस्य एव्म कार्यालय सचिव बलराम अधिकारीले झण्डा ओढाउनु भएको थियो । नेकपा वाणगंगा नगर कमिटी अध्यक्ष विश्व कार्कीले स्वर्गिय घिमिरेको जीवनीबारे  प्रकाश पार्नुभएको थियो ।

नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले श्रद्धाञ्जली मन्तब्य राख्नुको साथै नगर कमिटी सचिव टेकेन्द्र कुमार क्षेत्रीले सञ्चालन गर्नुभएको हो ।

Image may contain: 23 people, including Padam Adhikari, people standing

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ४ : ४५ बजे