५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

देशभरका सरकारी अस्पतालमा चिकित्सकहरूको धर्ना



काठमाडौं ।
कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले मंगलबार पनि देशभरका सरकारी अस्पतालहरुमा एक घन्टा काम बहिष्कार गरेर धर्ना दिएका छन्। कर्मचारी समायोजमा सरकारी चिकित्सकहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले आइतबार एक घण्टा मन्त्रालय घेराउ गरेका थिए।
धर्नापछि स्वास्थ्यमन्त्रीसँग छलफलपछि आफूहरु झन् निराश भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए । सोमबारदेखि राजधानीका वीर, ट्रमा, कान्ति, प्रसूतिगृहलगायत उपत्यकाका सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु धर्ना दिइरहेका छन्। चिकित्सकहरुले सुरुमा आन्दोलन घोषणा गरेपछि विभिन्न भेला गरेर समायोजनमा सरिक नहुने, वार्ता समिति बनाएर वार्ता र आन्दोलनलाई सँगै अगाडि बढाउने निर्णय गरेका छन्। यस्तै सरकारी चिकित्सकहरुले हाल समर्चारी समायोज फम समेत बहिष्कार गरेका छन्।
संघले समायोजनका क्रममा चिकित्सकको सेवा–सुविधा, सुरक्षालगायत विषय स्पष्ट हुनु पर्ने, समायोजन नथाल्न, समायोजन हुँदा स्तरवृद्धि सुनिश्चित गर्न पर्ने, प्रदेशमा समायोजन भएका चिकित्सकलाई निश्चित अवधिपछि केन्द्रमा आउन सक्ने व्यवस्थासहित प्रदेशमा रहँदा वरिष्ठताका आधारमा सचिव हुनु पर्ने लगायतका मागहरु सघंले अघि सारको छ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ८ : ४१ बजे