५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ



भोजपुर ।
जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा ६ वर्षीया बालिका बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन् । षडानन्द नगरपालिका–१०, साङ्गपाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ जनाएको छ ।
बालिकालाई गएको पुस १३ गते करणी आरोपमा आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले बताउनुभयो ।
पक्राउ परेका आरोपितलाई मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ८ : ३६ बजे