५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सरकारले मिना माता महासन्धी अनुमोदन गर्ने



काठमाडौं ।
सरकारले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि सरकारले सो सम्बन्धि ‘मिना माता महासन्धि’ छिट्टै अनुमोदन गर्ने प्रतिवद्धता जनाए। उनले सो रसायनको उचित व्यवस्थापनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यक्रम तय गर्दै आएको पनि जानकारी दिए। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव ओलीले सो रसायनले मानव स्वास्थ्यमा पारिरहेको असरबारे अध्ययन गर्ने योजना पनि अघि सारे। कार्यक्रममा विज्ञहरुले नेपालमा विषाधि मर्करी रसायनको प्रयोग बढदै गएको उल्लेख गर्दै त्यसले सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भिर असर पारिरहेको औंल्याएको थिए। नेपालले सन् २०१३ मा मर्करी जस्ता विषाधि रसायनको उचित व्यवस्था गर्ने प्रतिवद्धता जनाउँदै ‘मिना माता महासन्धि’मा हस्ताक्षर गरेको थियो। सचिव ओलीले त्यसयता नेपाल सरकारले मर्करीलगायतका मानव स्वास्थ्य र वातावरणमा समेत गम्भिर असर पार्ने रसायनहरुको उचित व्यवस्थापनका लागि नीति, कानुन र कार्यक्रम संचालन गर्दै आएको पनि स्मरण गराए।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ६ : २१ बजे