५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आँप बगैँचामा झुण्डिएको अवस्थामा एकजनाको शव भेटियो



विराटनगर ।
विराटनगर ११ स्थित पाञ्चालीमा मंगलबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वडा प्रहरी कार्यालय विराटनगरका अनुसार पाञ्चलीस्थित आँप बगैँचामा झण्डै ६० वर्षका हरि राम नाम गरेका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
पाञ्चाली नजिक रहेको बखरीका बासिन्दा हरिको शव बगैँचामा झुण्डिएको अवस्था भेटिएको कार्यालयका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । डिएसपी कार्कीका अनुसार, मृतक हरि विराटनगरमा बुहारी र नातीसँगै बस्दै आएका थिए । प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल लगेको छ । सुनसरीका झुम्काका स्थानीय बासिन्दा हरि केही समयदेखि विराटनगरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

बिहान बगैँचामा शव झुण्डिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरिएको स्थानीय बासिन्दा भुपाल केसीले बताए । स्थानीयका अनुसार मृतकका दुई छोरा विदेशमा छन् ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ६ : १७ बजे