५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

त्रिभूवन विमानस्थलको भिसिसिएसमा समस्या, सबै उडान रोकियो



काठमाडौँ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि विमानस्थलबाट हुने उडानमा समस्या आएको छ । भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । तर अवतरणमा भने कुनै समस्या नरहेको उनले बताए ।उनले भने, ‘एरिया र एप्रोच सिस्टममा नदेखिएकाले उडान केही समयका लागि रोकेका छौँ । तर आउने विमानको अवतरणमा कुनै प्रभाव परेको छैन ।’
उनले अघि भने, ‘हामीसँग भिसिसिएस उपकरण अर्को रहेको छ । त्यसलाई जडान गर्ने काम भइरहेको छ । चाँडै नै उडान सेवा पनि नियमित हुनेछ ।’
विमानस्थलको टावरले भने नियमित रुपमा काम गरिरहेकाले अवतरणमा समस्या नरहेको उनले जानकारी दिएका हुन् । भिसिसिएसमा समस्या आउँदा बिहान ९ बजेतिरदेखि उडान प्रभावित भएको हो ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ६ : १४ बजे