५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नक्कली सुन र डलरमा झुक्याउने सहित ६ जना पक्राउ



काठमाडौँ ।
काठमाडौँ प्रहरीले विभिन्न अपराधमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले २२ ग्राम ब्राउन सुगरसहित तीनलाई पक्राउ गरेको छ । उनीहरुको नाम सर्वाजनिक गरेको छैन ।
यस्तै एक किलो नक्कली सुन बेच्ने दुईजनालाई प्रहरीले पक्रेको छ । उनीहरुले बाहिर सुनको जलप लगाएर भित्र नक्कली सुन राखी सस्तोमा बेच्ने गरेका थिए ।

यसैगरी १० हजार अमेरिकी डलरको नक्कली कारोबारमा संलग्न एकजनालाई पनि प्रहरीले पक्रेको छ । यि व्यक्तिले डलरको बण्डलमा बाहिर पट्टि सक्कली डलर राख्ने र भित्र कागज राख्ने गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ६ : १० बजे