५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जाजरकोटमा सासु, बुहारी बीच द्वन्द्व कम गर्न अन्तरक्रिया 



जाजरकोट ।

सासु, बुहारीको बीच हुने द्वन्द्व कम गर्न नलगाड नगरपालिकाले सासुबुहारी अन्तरक्रिया सुरु गरेरको छ। नगरपालिकाले प्रत्येक वडा, गाउँ, टोल पुगेर सासु बुहारीलाई सँगै राखेर अन्तरक्रिया  गर्न थालेको नगरपालिकाको महिला तथा बालबालिकाले बताएको छ। गाउँभरिका सासु, बुहारीसँगै राखेर दैनिक अन्तरक्रिया गर्दै आएको नगरप्रमुख टेकबहादुर रावलले बताए। ुसासु बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसा हुने भएकाले यसलाई कम गर्न अन्तरक्रिया गरेका हौँु, उनले भने,ु, घर शान्ति नभइ गाउँ शान्ति हुँदैन।ु   नगरप्रमुख रावललका अनुसार अहिले प्रत्येक टोलमा गएर सासु  बुहारी र ससुरा समेतलाई सँगै राखेर छलफल गर्ने गरिएको छ। अधिकांशले एकले अर्कालाई नबुझ्दा झगडा हुने गरेको बताएका छन्। समस्या समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेल्ने अर्को व्यक्ति नहुँदा द्वन्द्व बढ्ने गरेको सहभागीले बताएका छन्।  घरमा असमदारी बढ्दा घरका साना, साना बालबालिकामा मानसिक असर पर्ने महिला तथा बालबालिका कार्यालयका प्रमुख शकुन्तला आचार्यले बताइन्।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ६ : ०५ बजे