५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेस संसदीय दलको बैठक आज बस्दै



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। मंगलवार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकले बुधबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने कांग्रेसले जनाएको छ। पुस २२ गतेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराको ‘हुकुमी शैली’ले प्रधानमन्त्रीले सदनमा राखेका विषयमा प्रश्न गर्न नपाएको कांग्रेसले बुधबार भने प्रश्नोत्तर गर्न पउनुपर्ने माग गर्दै आएको छ। संसद नियमावली २१९ को उपनियम २ बमोजिम प्रश्न गर्न पाउनुपर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए। बैठकमा सरकारले गरेका पछिल्ला गतिविधलगायत विषयमा छलफल हुने उनले बताए। संसदको अर्को बैठकमा प्रधानमन्त्रीले सरकारका कामकारवाहीबारे सदनमा जानकारी गराएको विषयमा प्रश्नोत्तर गर्न नपाए कांग्रेसले बैठक चल्न नदिने रणनीति बनाएको छ। आइतबारको संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनमाथि प्रश्नोत्तर गर्न नपाएपछि कांग्रेस सांसदले रोस्टम घेरेर नाराबाजी गरेका थिए।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ५ : ५९ बजे