५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त



काठमाडौं ।
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले खुला प्रतिस्पर्धाबाट छानिएका तीनजना मध्ये पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेल यसअघि उदयपुर सिमेन्टका महाप्रबन्धक हुनुहुन्थ्यो । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारको अभियोगमा बर्खास्त भएपछि सरकारले नयाँ कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ५ : ५६ बजे