५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लागु औषधसहित रुपन्देहीमा चार युवती पक्राउ



रुपन्देही । लागु औषधसहित रुपन्देहीमा चार युवती पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का, खोटाङ दिक्तेलकी २४ वर्षीया ममता राई, बुटवल २ की शलीला थापा र सुना कुँवरलाई पक्राउ गरिएको हो । उनीहरुलाई लागू औषध विक्री गर्ने नवलपरासीको रामग्रामका सुदीप केवट पनि पक्राउ परेका छन् ।

पक्राउ परेका युवतीहरु लागू पदार्थ सेवन र ओसारपसारमा संलग्न रहेको प्रहरीको जानकारी दिएको छ । साथै महिलाहरुलाई ओसारपसारमा लगाउँदा लुकाउन सजिलो हुने भएकाले उनीहरुलाई प्रयोग गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताउनुयभो ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ५ : ५३ बजे