५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आजको मौसम दिनभर सफा रहने



काठमाडौँ ।
देशभरको मौसम मंगलबार दिनभर सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम भएकाले सोमबारजस्तो बादल लाग्ने वा पानी पर्ने सम्भावना नरहेको मौसमविद सुवास रिमालले बताए ।
तर पश्चिम र पूर्वका पहाडी क्षेत्रमा बेलुकातिर आंशिक बदली हुने तथा केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना भने रहेको मौसमविद रिमालले बताए । यस्तै उच्च पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना पनि छ ।
काठमाडौँ उपत्यकाको मौसम दिनभर सामान्यतया सफा रहने देखिएको मौसमविद रिमालले बताएका छन् । मंगलबार बिहान २.२ डिग्रीको आसपासमा न्यूनतम तापक्रम रहेको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान छ ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  २ : ०६ बजे