५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विश्व बैंकका अध्यक्षद्धारा राजीनामाको घोषणा



एजेन्सी ।
विश्व बैंकका अध्यक्ष जिम योङ्ग किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् । ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहेका जिमले आउँदो फेब्रुअरी १ देखि लागु हुने गरी राजीनामाको घोषणा गरेका हुन् ।
५९ वर्षका जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनु पर्ने थियो, तर उनले राजीनामाको घोषणा गरेका हुन् । उनी सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वा्चित भएका थिए ।
जिम विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले बताएको छ । जिमले आफ्नो वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन् ।
जिमले अप्रत्यासित राजीनामाको कारण खुलाएका छैनन् । विश्व बैंककी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले जिमको ठाउँ लिने सम्भावना छ ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  १ : ५१ बजे