५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

माइक्रो बसले ठक्कर दिदा एकजनाको मृत्यु, चार घाइते



काठमाडौँ ।
काठमाडौँको सामाखुशी चोकमा माइक्रोबसको ठक्करबाट एकजनाको ज्यान गएको छ। अरु चारजना घाइते भएका छन् ।सोमबार दिउँसो पौने १२ बजे बा १ ज ९७६६ नम्बरको माइक्रोबसले सामाखुशी चोकमा बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा धुम्बाराहीकी ५५ वर्षे सीता दाहालको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै घाइते भएका चारजनाको सामाखुशीको अल नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  ८ : ३२ बजे