५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दुर्गम भेगका जनता अब बैंकिङ पहुँच भन्दा बाहिर बस्नु पर्दैन : नगर प्रमुख श्रेष्ठ



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले दुर्गम भेगका जनता अब बैंकिङ पुहँच भन्दा बाहिर बस्न नपर्ने बताउनुभएको छ ।
एनएमवी बैंकले सञ्चालन गरेको ग्रामिण बैंकिङ साक्षरता अभियानको आइतबार शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले बैंकहरु गरिब जनताको घरदैलोमा पुग्नु पर्नेमा जोड दिनुभयो । बैंक धनीहरुको मात्र नभई सामान्य सर्वसाधारणको पहुँचमा हुनुपर्ने भन्दै उहाले यसको प्रारम्भ बुद्धभूमि नगरपालिकाबाट हुन लागेको उहाँले बताउनुभयो । बचतलाई सुरक्षित तरीकाले राख्नका लागि ग्रामिण तहमा बैंक सम्बन्धी सारक्षता कार्यक्रम आवश्यक भएको भन्दै एनएमवी बैंकले यो कार्यको शुभारम्भ गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
नेपालको ‘क’ बर्गमा सुचिकृत वाणिज्य बैंक एनएमवीले आइतबार देखि बुद्धभूमि नगरपालिकाका सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ । बैंकको सेवा दुर्गम भेगमा पुग्नुपर्ने भन्दै साक्षरता कक्षा लिएर हरेक वडा बडामा जान लागेको बैंकका सुचना अधिकृत सुरेश उपाध्यायले बताउनुभयो ।
सबै वडामा बैंक जाने भएपछि बुद्धभूमि नगरपालिकाले सहयोग गर्ने भएको छ । आइतबार नगर प्रमुख श्रेष्ठ र बैंकका सुचना अधिकृत उपाध्यायले एमओयु (सम्झौता पत्र) मा हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  ३ : २० बजे