५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आज देखि बुद्धस्थल तिलौराकोट उत्खनन हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न सोमबार देखि उत्खनन हुने भएको छ । प्राचिन कपिलवस्तु तिलौराकोटमा पुरातत्व विभागले भुभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा पाँचौै पटक उत्खनन शुरु गरदै छ ।
उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत राम बहादुर कुँवरले बताउनुभयो । विज्ञहरुको टोलीले तिलौराकोटको उत्खनन र बुद्धसंग सम्वन्धित अन्य क्षेत्रहरुको अन्वेषण गर्ने बताइएको छ ।
गतबर्ष तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन गरिएको थियो ।
साथै यसअघि तिलौराकोट दरबार भित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्राधाराम कुदानमा पनि उत्खनन गरिएको बताइएको छ । पुरातत्व बिभाग र लुम्बिनी विकास कोषले सन २०१४ देखि उत्खनन र अनुसन्धानको कार्य थाल्दै आएको हो ।

प्रकाशित मिति : २३ पुस २०७५ सोमबार ००:००  २ : ५३ बजे