५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

रसियन नागरिकले चलाएको मोटरसाइकलले ठक्कर दिदा पैदलयात्री घाइते



मायादेवी अनलाइन, चन्द्रौटा । 

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रु घाईते भएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नं.१ उमरी चोक स्थित महेन्द्र राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको डिएल ३ एस.सि.एक्स.२५४० नम्बरको मोटसाईकलले ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट पैदलयात्री शिबराज नगरपालीक ३ बलुवा बस्ने बर्ष ७५ वर्षिय झिंकु थारु घाईते हुनुभएको छ । थारुलाई बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट थारुको टाउको र दायाँ खुट्टामा चोट, लागेको छ ।

उहालाई संजिवनी अस्पताल चन्द्रौटामा सामान्य उपचार पछि थप उपचारको लागी बुटवल पठाईएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । चालक रसियन नागरिक रहेका छन । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १ : ३३ बजे