५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

४ जना हुन्डी कारोबारी पक्राउ



जनकपुर ।
जनकपुरमा लाखौं रूपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा ’अवैध कारोबार हुने गरेको’ भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत मधुवनी बासोपट्टका सन्तोष महतो, नरेश महतो, जनकपुर उपमहानगरपालिका–१९ का विजय यादव र सोही उपमहानगरपालिका– २ का मोख्तार महमद रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाब खाताका साथै ६ थान मोबाइल बरामद गरेको छ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १० : ०७ बजे