५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

छुट अस्थायी करार शिक्षक संघर्ष समिति अर्घाखाँचीको अध्यक्षमा बस्नेत



 

गणेश बेल्बासे संगम ।
अर्घाखाँचीको छुट अस्थायी करार शिक्षकको भेला सम्पन्न भएको छ । छुट अस्थायी करार शिक्षक केन्द्रिय संघर्ष समितिको आव्हानमा शनिबार सम्पन्न अर्घाखाँची भेलाले नौ सदस्यीय छुट अस्थायी संघर्ष तदर्थ समिति गठन गरेको छ । भेलाले राम बहादुर बस्नेतलाई छुट अस्थायी करार शिक्षक संघर्ष समिति अर्घाखाँचीको अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा हिरा रेस्मी, तिलक राम बन्जाडे, डिल्लिराज बेल्बासे, सचिवमा कृष्ण रानाभाट, सहसचिवमा हरिप्रसाद पोख्रेल, कोषाध्यक्षमा प्रदिप भुसाल सदस्यहरुमा कमला पाण्डे, हिमाल पौडेल लगायतका रहनुभएको उपाध्यक्ष तिलक राम बन्जाडेले जानकारी दिनुभयो।

सन्धिखर्क नगरपालिकाको टुडिखेलको मैदानमा सम्पन्न भेलाले स्थानीय तहगत पालिका स्तरीय रुपमा छुट करार शिक्षक समिति पोष मसान्ता सम्म गठन गर्ने र माघ ४ गते अर्को भेला बस्ने गरी भेला सम्पन्न गरेको छ । भेलामा बोल्दै शिक्षकहरुले अब सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट वञ्चित गराएर सौतेनी व्यवहार गरेकोले आम शिक्षकहरु एक जुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय सरकारी विद्यालयहरुका २०७२ कार्तिक २ गते पछाडीका आन्तरिक परीक्षाबाट वञ्चित करार शिक्षकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ८ : २५ बजे