५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बैतडी र दार्चुलामा भूकम्पको धक्का



बैतडी ।
छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ ।
शनिबार राति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले बताउनुभयो ।
भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २९ किलोमिटर भारतमा रहेको प्रमुख बस्नेतले जानकारी दिनुभयो । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षति भएको विवरण भने कतैबाट नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ६ : ३२ बजे