५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

भारवाहन क्षमताभन्दा बढि सामान बोकेर राजश्व ठगी, कर्मचारीको गम्भिर मिलेमतो !



मायादेवी अनलाइन, कपिलवस्तु ।
यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारवाहन क्षमता २१ टन कायम गरेको छ । तर त्यसको ठीक विपरित रुपन्देहीको बेलहिया भन्सार नाका भएर बुटवलबाट चन्द्रौटा जाने भारतीय नम्वर प्लेटका गाडीले भने भारवाहन क्षमताभन्दा बढि सामान बोकेर राजश्व ठगी गरेको भेटिएको छ ।
भारतीय नम्वर प्लेटका ६० भन्दा बढि ट्कमा क्षमताभन्दा बढी सामान ढुवानी हुने गरेको गोप्य सुचनाका आधारमा जिल्ला टा्फिक प्रहरी कार्यालय गोरुसिंगेले ती ट्क नियन्त्रणमा लिइ चेकजाँच गरिएको प्रमुख टा्फिक प्रहरी निरिक्षक बावुराजा पँन्तको भनाइ छ ।
ती ट्रकबाट प्रहरीले चेकजाँचका क्रममा दुई दिनमा एकलाख जरिवाना बापत राजश्व उठ्नुले बार्षिक १ करोड ८० लाख राजश्व रकम गुमेको देखिन्छ । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारवाहन क्षमता २१ टन कायम गरेको छ ।
तर टा्फिक प्रहरीको नियन्त्रणमा रहेका अधिकाँश भारतीय ट्क मापदण्ड विपरित क्षमताभन्दा बढी सामान ढुवानी गरेका छन् । जवकि रुपन्देहीको बेलहिया भन्सार नाकाबाट गोरुसिंगेसम्म रहेका एक दर्जनभन्दा बढि स्थानमा चेकजाँच नहुनुले भन्सार कर्मचारी र प्रहरीकै मिलोमतोमा ओभरलोड सामान ढुवानी गरी राजश्व छली हुने क्रम नरोकिएको हो ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ४ : ०९ बजे