५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

साना किसान कृषि सहकारी कोपवाको अध्यक्षमा पुन : पोख्रेल



रामबहादुर गन्धर्व, कोपवा ।
कपिलवस्तुको कोपवामा रहेको साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः मालिका पोख्रेल चयन हुनु भएको छ । महेन्द्र मा.वि कोपवामा सम्पन्न सहकारीको शनिबार पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले पोख्रेलको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको चयन गरेको हो ।
जसको उपाध्यक्षमा पार्वता पोख्रेल रहनु भएको छ भने सदस्यहरुमा क्रमश जानकी गिरी, राधा ज्ञवाली, शिवरानी चौधरी, इश्वरा पन्थी, कुमारी थापा, सुनारी मगर (कल्पना), जानकी चौधरी र शलिमा पाण्डे चयन हुनुभएको छ ।
त्यस्तै राधा भुसालको संयोजकत्वमा तीन सदस्यिय लेखा समिति सदस्य चयन गरीएको छ । जसको सदस्यमा सिर्जना अधिकारी र सविता अधिकारी हुनुहुन्छ ।
पाँचौँ साधारण सभामा संचालक समितिकी सदस्य सिर्जना अधिकारीेले आर्थिक वर्ष २०७४÷०७५ को आय व्याय प्रस्तुतगर्नुभएको थियो जस अनुसार २ करोड ५० लाख ५१ हजार १ सय ५४ रुपैँया बराबरको आर्थिक कारोवार भएको छ ।
संस्थाले असल वचतकर्ता २ जना, असल ऋणि २ जना, व्यवसायीक किसानलाई नगद सहित सम्मान गरेको छ । कार्यक्रम अध्यक्ष मालिका पोख्रेलको अध्यक्षता, वाणगंगा नगरपालकाका उपमेयर चक्रापाणी अर्यालको प्रमुख आतिथ्यता, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, वडा सदस्य मधुकला वि.क कमला दर्जी र साना किसान विकास सस्था इलाका कार्यालय वुटवलका अध्यक्ष राजेश भट्टराईको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजिवी लगाएत स्थानिय पत्रकार रामबहादुर गन्धर्व लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै साना किसान भल्वाडका अध्यक्ष कुमारमधु वेल्वासे, समाजसेवी चिरञ्जिवि गिरी, साना किसान बुड्डीका पदम प्रसाद खनाल लगायतले संस्थाको उन्नतिको कामना गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७५ शनिबार ००:००  १ : ५८ बजे