५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

वाणगंगा नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्छौ : उपप्रमुख अर्याल



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष योजना बनाउने बताउनुभएको छ । ए वान मिडिया सेन्टर कपिलवस्तुको सञ्चालन गरेको जिल्लाव्यापी नगरपालिका स्तरीय ‘इजि ए वान क्वीज सिजन टु’ को वाणगंगा नगरपालिकामा उद्घाटन गर्दै उपप्रमुख अर्यालले गुणस्तरीय शिक्षाको लागि नगरपालिका निरन्तर लाग्ने बताउनुभयो । वाणगंगा नगरपालिका कपिलवस्तुको केन्द्रको रुपमा विकास हुँदै गएकाले यसलाई शैक्षिक हव बनाउनुपर्ने बताउँदै नगरपालिकाले विशेष योजना बनाइरहेको उहाँले बताउनुभयो । पछिल्लो समय जिल्लाको उत्तरी बेल्टमा शिक्षा प्रदान गर्ने हेतुले विभिन्न शैक्षिक संस्थाहरुको स्थापना र विकासको क्रम बढ्दै गएकाले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले सबै संग सहकार्य गरी अगाडी बढ्ने उहाले बताउनुभयो ।
बालबालिकामा रहेका अन्तरनिहित प्रतिभालाई उजागर गर्नु शिक्षाको राष्ट्रिय उद्धेश्य भएको हुँदा हरेक विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउँदै उहाले भन्नुभयो, “विद्यार्थीको काम केवल पढ्ने र शिक्षकको काम पढाउने मात्र होइन ।” एउटा विद्यालय र नगरपालिकाले गर्ने दायित्व एउटा मिडियाले गरेको हुनाले ए वान मिडिया सेन्टरको प्रशंसा गर्दै आफुहले पनि संगै सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीले हरेक विद्यालयले विद्यार्थीको अन्तरनिहित प्रतिभा उजार गर्ने खालका अतिरिक्त क्रियाकलाप गर्न नसके असफल सिद्ध हुन सक्ने भएकाले सबैले सक्रियता पूर्वक सहभागीता जनाउनुपर्ने बताउनुभयो ।
मूलूकमा काम भन्दा कुरा धेरै गर्ने प्रवृत्तिको विकास धेरै भएकाले आफुले कुरा भन्दा काम धेरै गर्ने बताउदै नगरको शैक्षिक उन्नयनका लागि विशेष योजना बनाइ रहेको बताउनुभयो । वडा अध्यक्ष गिरीले विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सक्रियता पूर्वक सहभागीता जनाउन अनुरोध गर्दै नगरपालिकाले पनि शिक्षाको विकासमा विशेष जोड दिने बताउनुभयो ।

Image may contain: 2 people, people sitting
नजी तथा आवशीय विद्यालय अग्रनाइजेशन (प्याब्सन) का केन्द्रित सदस्य एव्म पारिजात माविका प्राचार्य कृष्ण केसीले हरेक विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने आवश्यक्ता औल्याउनुभयो । ए वान मिडिया सेन्टरले हाजिरीजावाफमा विद्यार्थीहरुलाई सहभागी गराई उच्च शिक्षाका निम्ती निशुल्क छात्रबृत्ती दिन लागेको भन्दै यसले आफुलाई गौरवान्दित बनाएको बताउनुभयो ।

Image may contain: 2 people, people sitting
ए वान मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा जनता मावि पिपराका शिक्षक उज्वल अधिकारी लगायतले बोल्नुभएको थियो ।

Image may contain: 2 people, people sitting कार्यक्रमको सहजीकरण मिडिया सेन्टरका प्रबन्ध निर्देशक दिपेन्द्र कार्कीले गर्नुभएको हो ।

प्रकाशित मिति : २१ पुस २०७५ शनिबार ००:००  १ : २८ बजे