५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

‘इजि ए वान क्वीज सिजन टु’ : बाल ज्योती गजेहडालाई नगरको उपाधि



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु जिल्लामा जारी ‘इजि ए वान क्वीज सिजन टु’ अन्तरगत वाणगंगा नगरपालिकामा शनिबार भएको हाजिरीजवाफ प्रतियोगीताको उपाधि बाल ज्योती इंग्लिस बोर्डिङ स्कूल गजेहडाले जितेको छ । प्रतियोगीतामा पारिजात मावि बनागाई दोस्रो, जनता मावि तेस्रो र वाणगंगा मावि गजेहडा सान्त्वना स्थानमा आउन सफल भएका छन । नगरको उपाधि जिते संगै बाल ज्योतीले शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । साथै यो स्कूल जिल्ला स्तरको फाइनल कार्यक्रममा सहभागीता जनाउन पाउने छ ।
ए वान मिडिया सेन्टर कपिलवस्तुको आयोजनामा सञ्चालन भैरहेको जिल्लाव्यापी नगरपालिका स्तरीय ‘इजि ए वान क्वीज सिजन टु’ शनिबार वाणगंगा नगरपालिकाको पारिजात मावि बनगाईमा सञ्चालन भएको हो । यसभन्दा अगाडी बुद्धभूमि नगरपालिकामा प्रतियोेगीता सम्पन्न भैसकेको छ । आगामी माघ ११ गते शिवराज नगरपालिकामा प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ ।
विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यले ए वान मिडिया सेन्टर कपिलवस्तुले जिल्लाका ६ नगरपालिकामा हाजिरीजवाफ प्रतियोगीता आयोजना गरेको छ । गत बर्ष सिजन वान सञ्चालन गरी सफलता पूर्वक सम्पन्न गरेको मिडियाले यस बर्ष दोस्रो चरणको प्रतियोगीता आयोजना गरेको आयोजक गरेको हो । आउँदो चैत्र महिना भित्र फाइलन कार्यक्रम गर्ने आयोजकको तयारी छ ।
प्रतियोगीताको मुख्य प्रायोजक क्यापिटल फुड्स प्रालि रहेको छ भने मामा रनर टे«ड बैरिया, पिस हिमालय रिर्पोट ठाकुरापुर र माछापुछ्रे एग्रो इन्डष्ट्रिज प्रालि भक्तौली सह प्रायोजक रहेका छन । प्रतियोगीको फाइनल विजेताले बुटबलको न्यू होराइजन कलेज, एभरेष्ट कलेज र कपिलवस्तुको पारिजात मावि बनगाईमा निशुल्क कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्न पाउनेछन । यस्तै नगद पुरस्कार र आकर्षण गिफ्ट ह्याम्परको व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७५ शनिबार ००:००  १ : २५ बजे