५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

चितवनका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला



चितवन । 

चितवनका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेका हुन ।

प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन् । जाडोले कठ्याङ्ग्रियर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा इनारभित्र अर्का एक जनाको शव भेटिएको छ ।

स्थानीयवासी बुद्धिराम चौधरीको इनारमा सोही ठाउँका भलाई महतोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विगत १० दिनदेखि हराइरहेका उनको शव सडेको अवस्थामा फेला परेको हो ।

प्रकाशित मिति : २१ पुस २०७५ शनिबार ००:००  २ : ४६ बजे