५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सांसदले उठाए प्रदेशको नामाकरण र स्थायी राजधानीको विषय, अब के गर्ला सरकार ?



बुटवल ।
प्रदेश नम्बर ५ को प्रदेश सभाको शुक्रबारको बैठकमा बोल्ने अधिकांश सांसदले प्रदेशको नामाकरण, स्थायी राजधानीको टुङ्गो लगाउन माग गरेका छन । साथै अन्य समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समय लिएर ७ जना संसादहरु मध्ये ५ जनाले राजधानी र नामकरणको विषयमा कुरा उठाएका थिए ।
बैठकमा बोल्दै रुपन्देहीका सांसद भोज प्रसाद श्रेष्ठले प्रदेश राजधानी र नामकरणको विषयमा अनावश्यक विवाद गर्नु भन्दा पनि छिटो भन्दा छिटो टुंगाउनको लागि आग्रह गर्नुभयो । उहाले कस्को नेतृत्वमा कस्को सहभागीता भन्दा पनि छिटो भन्दा छिटो विवाध अन्त्य गरी राजधानीको विषयमा टुंगाउनको लागि आग्रह गर्नुभयो ।
सांसद विष्णु पन्थीले विशेष समय लिदै जग्गाको हदबन्दीको कारण कृषि क्षेत्रलाई अगाडी बढाउन नसकिएको भन्दै यसलाई सरकारले बेलैमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । ११ विघा जग्गाको हदबन्दी संघीय सरकारकै कारण कृषि क्षेत्र पछाडी परेको उहाको भनाई थियो । कृषिलाई मुख्य प्रथमिकता राखेको सरकारले कृषिको उत्थानमा ठोस कदम चलाउनु आवश्यक रहेको उहाको तर्क थियो ।
संसाद रमा घर्तीले राजधानीको विषयमा नामाकरण तुरुन्त गर्नको लागि माग गर्नुभयो । सांसद भगवती गिरी भण्डारीले राजधानीको विषयलाई लिएर गम्भिर हुनुपर्ने बताउनुभयो । यस्तै सांसद कमलराज श्रेष्ठले पनि प्रदेश नामकरण राजधानीको विषयमा गम्भिर हुन आवश्यक रहेको बताउनुभयो ।
सांसद दिपेश थारुले विशेष समयमा बोल्दै हुलाकी राजमार्ग अन्र्तगत बर्दिया जिल्लामा रहेको वनको क्षेत्रमा रुख कटानको कार्यमा संघीय सरकारबाट अवरोध भएको भन्दै त्यसलाई सामाधानको लागि प्रदेश सकरारको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष वेपत्ता भएको लामो समय सम्म पनि फेला नपरेकोले यसमा खोजविनको लागि तुरुन्त प्रदेश सरकारले जिम्म्बोरी लिन संसाद क्षेत्रीले आग्रह गर्नुभयो ।
विहीबारको बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट पेश भएका दुई वटा विधेयक माथि छलफल भएको छ । प्रदेश नम्बर ५, पशु स्वाथ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५, प्रदेश पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल भएको हो ।
छलफलमा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, सुरेन्द्र बहादुर हमाल, सन्ता ठट्टेल, रमा अर्याल लगायतले आ आफ्नो धारणा राख्नुभएको छ । प्रदेश नम्बर ५ प्रदेश सभाको अगामी बैठक पुस २९ गते बस्ने छ ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ५ : १० बजे