५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बम्जनको आश्रममा प्रहरी अनुसन्धान



सिन्धुपाल्चोक ।
तपस्वी बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा प्रहरीले छानबिन शुरु गरेको छ ।

बम्जनको आश्रमबाट मकवानपुरका दुई जना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी शुरु गरेको हो । अनुसन्धान टोलीले आज आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान थालेको हो । आश्रममा खान तलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धानको शुरुआत गरिएको बताउनुभयो । उहाँले फरेन्सिक टिम र विज्ञसहितको टोली खटाएर हराएका व्यक्तिको खोजी थालिएको जानकारी दिनुभयो । मकवानपुरका सञ्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको छ । (रासस)

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ४ : ५७ बजे