५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो



काठमाडौं ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा नेकपा क्रान्तिकारी माओवादी युवा संगठन, क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसो दलेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै पुगेर कंसकारलाई कालोमोसो दलेको हो । वाइडबडी खरिद प्रकरणको विषयलाई लिएर क्रान्तिकारी युवा लिगका युवाहरुले कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।

वाइडबडी खरिद प्रकरणमा महाप्रबन्धक कंसाकारसहित सातजनालाई कारबाही गर्न लेखा समितिले प्रतिवेदन नै निकालेको थियो । वाइडबडी विमान खरिदमा भएको भनिएको ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचारमा कंसाकार मुख्य भूमिकामा रहेको भन्दै युवा लिगले कालोमोसो दलेको हो ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  १२ : १६ बजे