५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ



काठमाडौं ।
चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन्। बिहीबार राति गजुरी प्रहरीको सहयोगमा तीनजनालाई चार केजी सुनसहित पक्राउ गरेको प्रदेश ३ का डीआईजी दीपककुमार थापाले जानकारी दिए। पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका २ बस्ने २७ वर्षका सञ्जित वाइबा, नुवाकोट तारेकेश्वार गाउँपालिका ५ बस्ने २२ का सुरेन्द्र तामाङ र सोही गाउँपािलकाका वर्ष २४ का विकाश तामाङ रहेका छन्। उनीहरूको साथबाट दुई मोटरसाइकल समेत बरामद गरिएको छ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ६ : ४५ बजे