५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सरकारले तोक्यो उखुको मूल्य



काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले यही पुस १३ र १६ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसासमेत अनुदान दिने निर्णय गरेको छ । उखु उत्पादक कृषकले सीधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्य्विधि २०७५’ बमोजिम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रकम निकास गरिने उहाँले जानकारी दिनुभयो ।

चिनी मिलले सम्बन्धित उखु कृषकलाई प्रतिक्विन्टल ४७१ रुपैयाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ४ : ०८ बजे