६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

शिवराज नगरपालिकामा मागमा आधारित तरकारी खेतीको अनुगमन



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिकाले विभिन्न वडामा मागमा आधारित तरकारी खेतीको अनुगमन गरेको छ । किसानहरुको माग अनुसार शिवराज नगरपालिकाले विहीबार वडा नं. १, ३  र ५ मा कृषि अनुगमन गरेको हो । यस्तै अरु वडामा पनि अनुगमन गर्ने शिवराज नगरपालिकाका कृषि  बिकास अधिकृत सुजिता शर्माले जानकारी दिनुभयो ।

किसानको मागलाई मध्यनजर गर्दै किसानले गर्दै आएको तरकारी खेतीको अनुगमन गरिएको छ । जस अन्र्तरगत वडा नंं १ मा राधेश्याम थारुको १९ कठ्ठा,  हरिराम थारुको ७ कठ्ठा मनिराम थारुको ५ कठ्ठा, भगेलु चौधरीको ६ कठ्ठाका लगाएको तरकारी खेतिको अनुगमन गरेको हो ।

यस्तै वडा नं. ५ मा श्री राम थारुको ६ कठ्ठा, सुदन मल्लको २ कठ्ठा, साउ थारुको ३ कठ्ठामा गरेको खेतीको पनि अनुगमन गरेको छ । शिवराज नगरपालिकाको संयोजनमा वडा नं. ३ पुर्वी रहटकोलमा आई पी एम पलटमा २५ जना सदस्यको कृषि समुह सन्चालन गरेको  छ । समुहलाई कृषि सम्बन्धि तालिम दिएको छ ।

शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमारी थारु, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, शिवराज नगरपालिकाकाका कृषि बिकास अधिकृत सुजिता शर्मा, शिवराज नगरपालिकाका प्राविधिक सहायक रामचन्द्र भट्टराई, शिवराज नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष जगत बहादुर घर्ति क्षेत्री लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो  ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ४ : ०४ बजे