६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सामुदायिक बनले बाड्यो न्यानो कपडा



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तु वाणगंगा २ को बैजलपुर जनकल्याण सामुदायिक वनले पञ्च आधारभूत विद्यालय बैजलपुरमा अध्ययनरत सबै विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । विहीबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई कपडा वितरण गरेको हो । कार्यक्रममा बोेल्दै प्रदेश सांसद विष्णु पन्थीले आफैमा नमुना रहेको यो विद्यालयलाई थप नमुना बनाउन बैजलपुर जनकल्याण सामुदायिक वनले मद्दत गरेको भन्दै वनलाई धन्यवाद दिनुभयो ।

उहाँले विद्यालयमा धेरै समस्या रहेको भन्दै उक्त समयस्या समाधानका लागि प्रदेश सरकार संग सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुमित्रा परियारको अध्यक्षता, वाणगंगा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर जिसी, श्रोत ब्यक्ति कविराज भण्डारी, वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलको विशिष्ट आतिथ्यमा भएको हो । कार्यक्रम विद्यालयकी शिक्षिका पुनम झेडीको स्वागत, शिक्षिक सुजता रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ४ : ०२ बजे