६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

धनुषामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



जनकपुरधाम ।
धनुषामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनुषाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको मुखियाट्टी मुसहरनिया गाउँपालिकामा भएको दुर्घटनामा एक जनाको मत्यु भएको छ। मुख्यापट्टी मुसरनिया गाउँपालिका जडा(१ मा बुधबार ज।११ प।३८८५ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्करबाट मृत्यु हुनेमा मुख्यापट्टी मुसरनिया गाउँपालिका(१ बस्ने ६० वर्षीय रामआशीष यादव रहेको प्रहरीले जनाएको छ। ठक्कर दिएर मोटरसाइकल चालक घटनस्थलबाट फरार भए पनि प्रहरीले चालकको पहिचान गरिसकेका जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जनाएको छ। यसैबीच, धनुषाको नगराइन नगरपालिका( ( ५ स्थित पिकअप भ्यान र स्कुटर एक आपसमा ठोकिँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए। ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक जनकपुर उपमहानगरपालिका(४ बस्ने दृष्य श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ८ : ३२ बजे