६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

बाणगंगा ९ मा एकल महिलाका लागि मिठाई बनाउने तालिम शुरु



बाबुराम रायमाझी ।
एकल महिलाहरुले तालिमबाट सिकेका कुरा व्यहवारमा कार्यान्वयन भएमा तालिमको सार्थकता हुने र यस्ता शिपमूलक तालिमले उनीहरुको आयआर्जनमा बृद्धि भई जिविकोपार्जनमा टेवा पुग्ने मानव अधिकारका लागि एकल महिला समूहकी कपिलवस्तु जिल्ला अध्यक्ष रुपा राईले बताउनुभएको छ ।
वडा न.९ का वडाध्यक्ष धुर्व वेल्वासेले आफूले बाणगंगा नगरपालिकामा पहिलो कार्यको शुरुवात गरेको र यसमा विपन्नतालाई प्राथमिकता दिई १५ जना एकल महिलाको छनौट गरेको तथा वडाबाट लक्षित कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ बिनियोजन गरेको बताउनु भएको छ ।
कार्यक्रम बाणगंगा नगरपालिका वडा न.९ को आयोजना तथा नैबेधक मिष्ठान्न भण्डार बनगाईको प्राविधिक सहयोगमा सञ्चालन भएको छ । कार्यक्रमको विषय वस्तुमाथि मानव अधिकारका लागि एकल महिला समूहकी जिल्ला सचिव शुशिला भट्टराईले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम एकल महिला समूह भलवाडका अध्यक्ष निम कुमारी थापाको अध्यक्षता नगरपालिकाका शाखा अधिकृत लेख बहादुर वस्नेत, उपस्वास्थ्य चौकी भलवाडका प्रमुख जित बिकास रायमाझी, वडा सदस्यहरु भिम बहादुर पुन, नुमलाल थारु, नैवधम मिष्ठान्न भण्डारका प्रोपाइटर कृष्ण अर्याल, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रम सचिव राधा वेल्वासेको स्वागत र जिल्ला सचिव शुशिला भट्टराईको सहजीकरणमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ७ : ४२ बजे