६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

बन संरक्षणमा स्थानिय जुट्दै



कपिलवस्तु ।

कुनैबेला साझेदारी बनको नाम लिंदा खुलेर विरोध गर्ने, बन अतिक्रमण हटाउन नदिने, बनको काठ चोरीतस्करी गर्नेहरु अहिले बन संरक्षणमा जुटेका छन् । कपिलवस्तु साझेदारी बनमा वैज्ञानीक बन व्यवस्थापन कार्य थालेसँगै बन संरक्षण मात्र भएको छैन स्थानीयले रोजगारी समेत पाएका छन् ।
गौत्तम बुद्ध डिभिजन बन कार्यालय मातहत पर्ने कपिलवस्तु साझेदारी बनमा २०७१ सालबाट बैज्ञानिक बन व्यवस्थापनको कार्य अगाडि बढेको हो । कूल ५ हजार ८७ हेक्टर क्षेत्रफलमा फैलिएको यो साझेदारी बनमा अतिक्रमण हटाइ बैज्ञानीक बन व्यवस्थापनका साथै जिविकोपार्जन कार्य अगाडी बढाइएको गौत्तम बुद्ध साझेदारी बनका अध्यक्ष गँगेशनाथ तिवारी बताउनुहुन्छ ।
साझेदारी बनमा बैज्ञानीक बन व्यवस्थापन कार्य शुरु भएसँगै कपिलबस्तु भितरिया गाउंका स्थानीयले सहज रुपमा काठदाउरा पाउनुका साथै केहीले घरदैलोमा रोजगारी समेत पाएको धनीराम थारु बताउँछन् ।
कपिलवस्तुका ५ बटा साझेदारी बनमा उपभोक्ता समुह मार्फत हालसम्म करिव १८ हजार हेक्टर क्षेत्रफलमा बैज्ञानीक बन व्यवस्थापनको काम भएको कपिलवस्तुका प्रमुख डिभिजन बन अधिकृत इश्वरी पौडेल बताउनुहुन्छ ।
२०६८ सालदेखि शुरु भएको साझेदारी बनको मुख्य उदेश्य बैज्ञानिक बन व्यवस्थापन गरी स्थानीय उपभोक्तालाई सहज रुपमा काठ दाउरा उपभोग, गराउनु रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ७ : २९ बजे