६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

इन्धनको मूल्य फेरि दुईदुई रुपैयाँ घट्यो



काठमाण्डौँ ।
यो महिनामा इन्धनको मूल्य ४ रुपैयाँले घटेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा गत पुस ३ गते दुईदुई रुपैयाँ मूल््य घटाएको नेपाल आयल निगमले आज फेरि दुईदुई रुपैयाँको दरले घटेपछि एकै महिनामा पेट्रोलियम पदार्थको मुल्य ४ रुपैयाँ घटेको हो ।

आयल निगमका कार्यकारी बोर्डका निर्देशक अरबिन्द अग्रवालले आज बढेको मुल्य रातिदेखि लागु हुने जानकारी दिनु भयो । मुल्य घटेसँगै अब एक लिटर पेट्रोलको मुल्य १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मुल्य ९५ रुपैयाँ भएको छ। यसअघि पनि पुस ३ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : ११ बजे