६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

संसदीय समितिमा सहमति जुटेन, डा. केसी अनशन बस्ने तयारीमा



 

काठमाडौँ ।

संसदको स्वास्थ्य तथा शिक्षा समिति अन्तर्गतको उपसमितिमा बुधबार भएको छलफलमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका कार्यक्रम फेज आउट गर्ने विषयमा सहमति जुट्न सकेन ।यस्तै काठमाडौँ उपत्यका बाहिर मात्रै मेडिकल कलेज खोल्ने विषयमा पनि समितिमा सहमति जुट्न सकेन । समितिमा रहेका सत्ता पक्ष र प्रतिपक्षका सांसदबिच कुरा नमिलेको हो । सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसी अनशन बस्नका लागि इलाम पुगेका छन्। संसदीय समितिमा सहमति नजुटेपछि डा. केसीले १६ औँ पटकको अनशन सुरु गर्ने लगभग पक्का जस्तै भएको छ । शिक्षा तथा स्वास्थ्य समितिले डा. केसी र सरकारबिच भएको सहमतिको विपरित हुने गरी एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने गरी चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  १० : १५ बजे