काठमाडौं ।
सरकारले राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा. टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुख्य वैज्ञानिक गुरुङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उहाँ यसअघि नार्क अन्तर्गतको पशु तथा मत्स्य निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
डा. वैधनाथ महतोले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि रिक्त रहेको यो पदमा मन्त्रालयले गुरुङलाई नियुक्त गरेको हो ।
१८ पुस २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया