२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बुद्धभूमिमा भएको घुम्ति शिविरबाट ५७ जनाले नागरिकता पाए



मायादेवी अनलाइन, बुद्धभूमि ।

जिल्ला प्रशासन कार्यालयले बुद्धभूमि नगरपालिकामा आयोजना गरेको एक दिवशिय घुम्ति शिविरमा ५७ जनाले नागरिकता बनाएका छन ।

जिल्ला प्रशासन सम्म जान नसकेका अपाङ्गंता भएका, जेष्ठ नागरिक तथा आर्थिक अभावका कारण समस्यामा रहेका तथा पछाडी परेका नागरिकहरुलाई घरदैलोमा पुगेर सेवा दिनु पर्ने महशुस गरी घुम्ति शिविर राखिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले जानकारी दिनु भएको छ ।

घुम्ति शिविरमा जिल्ला प्रशासन कार्यालयको नागरिकता फाटका सम्पुर्ण टिम आएको थियो भने बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख लगायत संचारकर्मी जनप्रतिनिधी, संघ संस्थाहरुको समेत सहभागीता रहेको थियो ।

शिविरमा बुद्धभभूमि नगरपालिकाका १० वटै वडाका नागरिकहरु नागरिकता बनाउन आएका थिए । नियमसम्मत नागरिकता बनाउन आएकाहरुको नागरिकता बनाइएको प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनु भएको छ । उहाँले कागजात भएका कोही पनि फर्कन नपरेको बताउनुभयो ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ४ : ०१ बजे